कोरोना प्रकरण

सधै घरमा थुनिएर पाकिदैन माम
लकडाउनमा मात्र बस्दैमा बाचिदैन ज्यान।

हप्ता दिनको लकडाउन , ६ महिना सम्म लम्बियो,
भोकमरी र आत्महत्या, खै कसले रोक्यो।
पहिले त सायद सबै अमर थिए होला
अहिलेको मृत्युको दोष सबै कोरोनामा थोपियो।

उपचार , राहत भन्दै देशको , खै कति अर्ब सकियो
जनताको हातमा शुन्य छ , खै कस्को ढुकुति भरियो
देशको अर्थतन्त्र  सबै दामादोल हुदा पनि
महामारीको नाममा राजनिती , यो देशमा देखियो।।  
                                        
                                       : संगिता बैदार :

Comments

Popular posts from this blog

जिन्दगी